काठमाडौं — आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत श्रावण १६ गतेदेखि ३१ गतेसम्मका विजेता उपभोक्ताको नाम सार्वजनिक गरेको छ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार TUL PUDASHAINI (तुल पुडासैनी) बम्पर विजेता बनेका छन्। विभागको सूचीमा उनको कुपन कोडसहित नाम उल्लेख गरिएको छ।
यसैगरी उक्त अवधिका अन्य विजेता उपभोक्ताको सूचीमा योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना लामा, भगवती सापकोटा, रहिम महमद हवारी, महेशकुमार पौडेल, राजेन्द्र थापा, कमला तामाङ, शिव नारायण बडही मिस्त्री र चुडामणि दनाईलगायतको नाम समावेश छ।
करदातालाई विद्युतीय माध्यमबाट कारोबार तथा बिल लिने अभ्यासतर्फ प्रोत्साहित गर्ने उद्देश्यले अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमको कार्यविधिअनुसार बम्पर पुरस्कार १० लाख रुपैयाँ रहेको छ भने दैनिक विजेताका लागि १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
विजेताको विवरण आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको आधिकारिक सूचीका आधारमा उल्लेख गरिएको हो। पुरस्कार प्राप्त गर्ने प्रक्रिया तथा आवश्यक प्रमाणसम्बन्धी विषयमा विजेताले विभागको आधिकारिक सूचना र प्रचलित कार्यविधि पालना गर्नुपर्ने हुन्छ।









० प्रतिक्रिया