म्याग्दी — म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम सम्पन्न भएको छ। आयोजनाले अब परीक्षण विद्युत उत्पादनको तयारी थालेको छ।
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको र रघुगंगा हाइड्रोपावर लिमिटेडमार्फत अघि बढाइएको आयोजनामा बाँध, सुरुङ, स्विचयार्डलगायत संरचनाको परीक्षण सफल भएको आयोजनाका प्रबन्ध निर्देशक गणेश केसीले जानकारी दिएका छन्।
आयोजनाको अर्को २० मेगावाट क्षमताको युनिटको परीक्षणसमेत सुरु गरिएको छ। परीक्षण उत्पादन सुरु हुन करिब एक सातादेखि १० दिनसम्म लाग्ने बताइएको छ।
आयोजनाको मुख्य सुरुङ करिब ६ किलोमिटर २७० मिटर लामो रहेको छ। आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माण गरिएको स्विचयार्ड यसअघि नै सञ्चालनमा आइसकेको छ।
विभिन्न प्राकृतिक विपत्ति, बाढी, पहिरो तथा कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण समय लम्बिएको थियो। अब भने आयोजना विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ।
४० मेगावाटको रहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु
म्याग्दी — म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम सम्पन्न भएको छ। आयोजनाले अब परीक्षण विद्युत उत्पादनको तयारी थाले…









० प्रतिक्रिया