काठमाडौं । सुदन गुरुङले आफ्नो विवाहबारे खुसीको खबर सार्वजनिक गरेका छन्। उनले आगामी १७ गते विवाह गर्ने तयारी गरेको बताएका छन्।
देशको गृहमन्त्रीलाई पनि घरमा अर्को गृहमन्त्री चाहिएको भन्दै उनले रमाइलो शैलीमा विवाहको कुरा व्यक्त गरेका छन्।
उनका अनुसार विवाह कुनै तडकभडक नगरी एकदमै सामान्य तरिकाले, नेपाली विधि र परम्पराअनुसार सम्पन्न हुनेछ।
सादगीपूर्ण विवाह गर्ने उनको सोचले धेरैको ध्यान खिचेको छ। नयाँ जीवनको सुरुवात गर्न लागेका सुदन गुरुङलाई वैवाहिक जीवनको हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना! ❤️🙏