काठमाडौं।
देशभरको राजमार्ग अवस्थाबारे बिहान ८:२५ बजेसम्म प्राप्त अद्यावधिक विवरणअनुसार वर्षा र विभिन्न स्थानमा आएको पहिरो तथा नदी कटानका कारण केही प्रमुख सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने केही सडक पूर्ण रूपमा बन्द रहेका छन्।
काठमाडौं–धादिङ तथा धादिङ–मुग्लिङ सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भए पनि लामो जाम रहेको जनाइएको छ। मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलताल क्षेत्रमा सडक बन्द रहेको छ।
काठमाडौं–काभ्रे–सिन्धुली (रोशी खोला) तथा काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। ललितपुर–टिकाभैरब–हेटौंडा सडक भने बन्द छ।
यस्तै, पोखरा–स्याङ्जा (पुतलीबजार), बेनी–जोमसोम (घुमाउने), इलाम–पाँचथर–ताप्लेजुङ तथा लमजुङ–मनाङ सडकखण्ड पनि बन्द रहेको जानकारी दिइएको छ।
यसैबीच, नारायणगढ–बुटवल, बुटवल–पाल्पा, मुग्लिङ–पोखरा–बागलुङ, हेटौंडा–पथलैया–जनकपुर, पथलैया–सिमरा–वीरगञ्ज, बर्दिबास–कोशी ब्यारेज–इटहरी, इटहरी–दमक–काँकडभिट्टा, नेपालगञ्ज–कोहलपुर–सुर्खेत तथा बुटवल–नेपालगञ्ज–धनगढी सडकखण्डमा सवारी सञ्चालन सामान्य अवस्थामा रहेको जनाइएको छ।
सडक यात्रा गर्नुअघि सम्बन्धित निकायबाट जारी हुने पछिल्लो ट्राफिक तथा मौसमसम्बन्धी सूचना हेरेर मात्रै यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन यात्रु तथा चालकलाई आग्रह गरिएको छ।
हाइवे हेल्पलाइन: 1234, 103, 100
—

