काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको अवसरमा शुभकामना व्यक्त गर्दै प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीहरूप्रति दुःख व्यक्त गरेका छन्।
उनले विभिन्न आरोह–अवरोह, भोगाइ र चुनौतीका बीच पनि नेपालीहरू आफ्नो चाडपर्व, धर्म, संस्कृति तथा रीतिरिवाजको संरक्षणमा एकजुट रहेको बताएका छन्।
यस वर्षको दसैँमा पनि सबै नेपालीको जीवन सुखद रहोस् भन्ने कामना गर्दै उनले हालैका बाढीपहिरो तथा अविरल वर्षाका कारण विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
प्राकृतिक विपत्तिका कारण जनताले भोग्नुपरेको पीडालाई स्मरण गर्दै पूर्वराजा शाहले प्रकृतिका नियमहरू न्यायसङ्गत भए पनि कहिलेकाहीँ भयावह हुने उल्लेख गरेका छन्।
उनको सन्देशले दसैँको खुसीसँगै विपत्तिमा परेका नागरिकप्रति सहानुभूति र मानवीय संवेदनाको महत्त्वलाई उजागर गरेको छ।
सबै नेपालीमा दसैँको हार्दिक शुभकामना। विपत्तिमा परेका परिवारहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस्।
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दसैँको शुभकामना, प्राकृतिक विपत्तिबाट पीडितप्रति दुःख व्यक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको अवसरमा शुभकामना व्यक्त गर्दै प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीहरूप्रति दुःख व्यक्त गरेका छन्। उनले विभिन्न आरोह–अवरोह, भोगाइ र चुन…









० प्रतिक्रिया