नुवाकोट । ककनी, नुवाकोटका प्रदीप लामाले म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कार जितेका छन्।
कम्पनीले सञ्चालन गरेको उक्त प्रचारात्मक अभियानमार्फत लामाले कार प्राप्त गरेका हुन्। यसैगरी अभियानमा सहभागी अन्य २८ जना भाग्यशाली विजेताले बाइक तथा स्कुटर जितिसकेको जनाइएको छ।
अभियानअन्तर्गत अझै ८ वटा पुरस्कार बाँकी रहेको आयोजकले जनाएको छ।
कम्पनीले ग्राहकलाई लक्षित गर्दै सञ्चालन गरेको यस अभियानले उपभोक्तामाझ उत्साह थपेको छ।