मुख्य सामग्रीमा जानुहोस्
ताजा अपडेट
कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन चन्द्रमामा पहिलो पाइला: अपोलो–११ को ऐतिहासिक सफलतालाई सम्झँदै १६ वर्षको उमेरदेखि मोटाभ्लगिङ सुरु गरेकी सुरक्षा केसीको युट्युब च्यानलमा १० लाखभन्दा बढी सब्स्क्राइबर कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन चन्द्रमामा पहिलो पाइला: अपोलो–११ को ऐतिहासिक सफलतालाई सम्झँदै १६ वर्षको उमेरदेखि मोटाभ्लगिङ सुरु गरेकी सुरक्षा केसीको युट्युब च्यानलमा १० लाखभन्दा बढी सब्स्क्राइबर
मङ्गलबार, २१ जुलाई २०२६
अर्थ/व्यवसाय

आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन

आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन

सरकारले आर्थिक वर्ष ०८२/८३ मा विभिन्न कर, भन्सार, शुल्क, दस्तुर, रोयल्टी, जरिवाना तथा अन्य स्रोतबाट कुल १२ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो सरकारले तय गरेको १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व लक्ष्यको ८४.६६ प्रतिशत हो।

राजस्वको सबैभन्दा ठूलो हिस्सा आयातमा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर (भ्याट) बाट प्राप्त भएको छ। त्यसैगरी कम्पनीको नाफामा लाग्ने आयकर, व्यक्तिगत आयकर, अन्तःशुल्क, ब्याज तथा लाभांश कर र विभिन्न सेवा शुल्कले पनि सरकारी आम्दानीमा महत्वपूर्ण योगदान दिएका छन्।

आयकरअन्तर्गत व्यक्तिगत आयकर, पारिश्रमिक कर, पुँजीगत लाभ कर तथा अन्य शीर्षकबाट उल्लेख्य राजस्व उठेको छ। कम्पनी तथा संस्थाको नाफामा लाग्ने करतर्फ सरकारी संस्थान, सार्वजनिक लिमिटेड कम्पनी, निजी लिमिटेड कम्पनी तथा अन्य संस्थाबाट अर्बौँ रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरिएको छ।

भन्सार महसुलतर्फ आयातबाट सबैभन्दा धेरै आम्दानी भएको छ भने निर्यात महसुल, हरित कर, कृषि सुधार शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क लगायतका शीर्षकबाट पनि राजस्व प्राप्त भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) अन्तर्गत आयात, उत्पादन, वस्तु बिक्री–वितरण, परामर्श सेवा, पर्यटन, सञ्चार सेवा र अन्य सेवाबाट ठूलो रकम संकलन भएको सरकारी तथ्यांकले देखाएको छ।

अन्तःशुल्कतर्फ मदिरा, बियर, सुर्तीजन्य पदार्थ, अन्य औद्योगिक उत्पादन तथा आयातित वस्तुबाट उल्लेख्य राजस्व प्राप्त भएको छ। यस्तै दूरसञ्चार सेवा शुल्क, सडक तथा पूर्वाधारसम्बन्धी दस्तुर, विद्युत्, वन, पर्वतारोहण तथा अन्य रोयल्टी शीर्षकबाट पनि सरकारको आम्दानी भएको छ।

सार्वजनिक गरिएको विवरणअनुसार आर्थिक वर्ष ०८२/८३ मा राजस्व संकलन लक्ष्यअनुसार हुन नसके पनि सरकारको प्रमुख आम्दानी स्रोत अझै आयात, भ्याट, आयकर तथा अन्तःशुल्कमै केन्द्रित रहेको देखिएको छ।