गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी फर्किने तीर्थयात्री र पर्यटकलाई अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित अर्थात् पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरिएको छ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जारी गरिएको अत्यन्त जरुरी सूचनामा गोसाइँकुण्डबाट फर्किने सबै तीर्थयात्री तथा पर्यटकलाई तोकिएको वैकल्पिक मार्गबाट मात्रै यात्रा गर्न अनुरोध गरिएको छ।
जारी सूचनासँगै सार्वजनिक गरिएको वैकल्पिक मार्गसम्बन्धी नक्सामा गोसाइँकुण्डबाट काठमाडौं फर्किने यात्राका लागि दुप्चेश्वरतर्फको मार्ग प्रयोग गर्न भनिएको छ। नक्सामा ‘Gosaikunda → Dupcheshwor → Kathmandu Route’ लाई वैकल्पिक फिर्ती मार्गका रूपमा उल्लेख गरिएको छ।
नियमित धुन्चे मार्ग अर्को सूचना नभएसम्म प्रयोग नगर्न स्पष्ट रूपमा अनुरोध गरिएको छ। यात्राका क्रममा जोखिम न्यूनीकरण र सुरक्षित आवागमनका लागि सम्बन्धित निकायले तोकेको मार्ग तथा निर्देशन पालना गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।
सूचनामा आपत्कालीन अवस्थाका लागि १००, १११४ र १०२ नम्बरसमेत उल्लेख गरिएको छ।
गोसाइँकुण्डबाट फर्किने यात्रु तथा उनीहरूका परिवारसम्म वैकल्पिक मार्गसम्बन्धी जानकारी पुर्याउन सूचना साझा गर्नसमेत आग्रह गरिएको छ।









० प्रतिक्रिया