धनगढी, भदौ ७ ।
कैलालीमा आज साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज कैलाली र आसपासका क्षेत्रमा बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। कैलालीलाई आज आकस्मिक बाढीको मध्यम जोखिम रहेका जिल्लामध्ये राखिएको छ।
विशेषगरी नदी तथा खोला आसपासका बस्ती, तल्लो भूभाग र बाढीको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ। पानी परिरहेको अवस्थामा नदी तथा खोलामा नजान र जलस्तर बढेको देखिएमा सुरक्षित स्थानतर्फ जान महाशाखाले अनुरोध गरेको छ।
कर्णाली, महाकालीलगायत प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि स्थानीय रूपमा पर्ने वर्षाका कारण साना नदी तथा खोलामा भने पानीको बहाव छिट्टै बढ्न सक्ने जनाइएको छ।
कैलालीका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
धनगढी, भदौ ७ । कैलालीमा आज साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार आज कैलाली र आसपासका क्षेत्रम…






० प्रतिक्रिया