काठमाडौं, ९ भदौ २०८३। काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि आज हातपात भएको छ।
प्रहरीका अनुसार ट्राफिक व्यवस्थापन तथा जनचेतनामूलक अभियानका क्रममा महिला प्रहरीले सर्वसाधारणलाई जथाभावी बाटो नकाट्न र आकाशे पुल प्रयोग गरेर सडक पार गर्न आग्रह गरेकी थिइन्। सोही क्रममा एक युवक आक्रोशित भएपछि विवाद बढेको र उनले महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा जुम्ला घर भएका २७ वर्षीय राज कठायतलाई प्रहरीले सर्वसाधारणको सहयोगमा तत्काल नियन्त्रणमा लिएको जनाइएको छ। पक्राउ परेका कठायतमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
सडकमा ट्राफिक व्यवस्थापन तथा जनचेतना फैलाउने क्रममा खटिने प्रहरीमाथि नै हातपात हुनु गम्भीर विषय भएको भन्दै घटनाप्रति चासो बढेको छ। सार्वजनिक स्थानमा ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि हुने दुर्व्यवहार तथा हातपातका घटनामा कानुनअनुसार कारबाही आवश्यक देखिन्छ।
बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात
काठमाडौं, ९ भदौ २०८३। काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि आज हातपात भएको छ। प्रहरीका अनुसार ट्राफिक व्यवस्थापन तथा जनचेतनामूलक अभियानका क्रममा…









० प्रतिक्रिया