अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको रहस्यमय मृत्यु प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा महत्वपूर्ण बयान दिएका छन्।
नरेशले ममता मृत अवस्थामा भेटिएपछि उनको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका छन्।
अभियोजन पक्षले भने ममताको हत्या गरी शव लुकाएको आरोप लगाउँदै विभिन्न प्रमाण अदालतमा प्रस्तुत गरेको छ।
यस घटनामा ममताको शव अहिलेसम्म फेला परेको छैन। नरेशमाथिको आरोप प्रमाणित भए/नभएको अन्तिम निर्णय अदालतले गर्न बाँकी छ।
ममता काफ्ले प्रकरणमा न्यायको प्रतीक्षामा रहेको नेपाली समुदायका लागि अदालतको आगामी निर्णय महत्वपूर्ण बनेको छ।
ममता काफ्ले हत्या प्रकरण : शव टुक्र्याएर फालेको नरेश भट्टद्वारा स्वीकार, हत्याको आरोप भने अस्वीकार
अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको रहस्यमय मृत्यु प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा महत्वपूर्ण बयान दिएका छन्। नरेशले ममता मृत अवस्थामा भेटिएपछि उनको शव टुक्…









० प्रतिक्रिया