काठमाडौं । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी) ले आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता सेवा शुल्कमा लाग्दै आएको जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनीले तोकिएको अवधिभित्र बक्यौता रकम भुक्तानी गर्ने ग्राहकलाई जरिवाना नलाग्ने सुविधा उपलब्ध गराएको हो।
नेपाल टेलिकमको सूचनाअनुसार आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता भएका ग्राहकले २०८२ साल माघ मसान्तभित्र मूल बक्यौता रकम भुक्तानी गरे जरिवाना छुट पाउनेछन्। कम्पनीले यसलाई पुराना बक्यौता व्यवस्थापन तथा ग्राहकलाई सेवा निरन्तर राख्न सहयोग गर्ने उद्देश्यले ल्याइएको व्यवस्था जनाएको छ।
निर्धारित समयभित्र बक्यौता नतिर्ने ग्राहकको नाम कालोसूचीमा राखिन सक्ने तथा प्रचलित कानुनी व्यवस्था अनुसार सेवा अवरुद्ध हुन सक्ने नेपाल टेलिकमले चेतावनी दिएको छ।
कम्पनीले बक्यौता भएका ग्राहकलाई समयमै रकम भुक्तानी गरी जरिवाना छुटको सुविधा लिन आग्रह गरेको छ। साथै, सेवा शुल्क समयमै नतिरेमा सामान्यतया बक्यौतामा मासिक जरिवाना लाग्ने व्यवस्था रहेको पनि कम्पनीले उल्लेख गरेको छ।









० प्रतिक्रिया