भारी वर्षाको जोखिमपछि बिहीबार रातिदेखि पृथ्वी राजमार्ग बन्द
काठमाडौं, असोज ८ । लगातार वर्षा भइरहेका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको छ।
धादिङ क्षेत्रमा पछिल्लो समय लगातार वर्षा भइरहेका कारण कृष्णभीर, ज्यामिरेलगायतका स्थानमा पहिरो तथा लेदो खस्ने जोखिम बढेको छ। यसअघि पनि वर्षाका कारण कृष्णभीर र ज्यामिरेमा पहिरो खस्दा राजमार्गमा यातायात प्रभावित भएको थियो। पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको भए पनि थप वर्षा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। रातिको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्नसमेत अनुरोध गरिएको छ।
भारी वर्षाको जोखिमपछि बिहीबार रातिदेखि पृथ्वी राजमार्ग बन्द
भारी वर्षाको जोखिमपछि बिहीबार रातिदेखि पृथ्वी राजमार्ग बन्द काठमाडौं, असोज ८ । लगातार वर्षा भइरहेका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी आवा…









० प्रतिक्रिया