कञ्चनपुर — कञ्चनपुर प्रहरीले ३९ ग्राम १० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार बिहान करिब ६ बजे बेलडाँडी गाउँपालिका–३, बनफुवा क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका दुई जनालाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–२ का २६ वर्षीय रोशन सार्की र ठगु राम डोगौरा रहेका छन्। उनीहरूको साथबाट ३९ ग्राम १० मिलिग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा बेलडाँडी इलाका प्रहरी कार्यालय र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
समाचार स्रोत: गोदावरी न्युज, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई उद्धृत गर्दै।









० प्रतिक्रिया