काठमाडौं — नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको करदाता प्रोत्साहन उपहार कार्यक्रममा एक उपभोक्ताले १० लाख रुपैयाँको वार्षिक बम्पर पुरस्कार जितेका छन्।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बम्पर पुरस्कारका भाग्यशाली विजेताको कुपन नम्बर ०२६ ८८८ १९१ ०३९ रहेको छ। उक्त कुपनमार्फत सामान खरिद गरिएको स्टोर Ganesh Electronics And Mobile Center रहेको पोस्टरमा उल्लेख छ। विजेताले उक्त स्टोरबाट रु. ३५० बराबरको खरिद गरेको विवरण पनि सार्वजनिक गरिएको छ।
कार्यक्रमअन्तर्गत विभिन्न उपहार तथा पुरस्कार प्राप्त गर्ने १ लाख ३३ हजार ३३४ विजेता उपभोक्ताहरू रहेको अर्थ मन्त्रालयको सार्वजनिक विवरणमा उल्लेख छ। विभिन्न स्थानका उपभोक्ताले नगद पुरस्कार प्राप्त गरेका छन्।
सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ। बम्पर पुरस्कार विजेतालाई अर्थ मन्त्रालयले हार्दिक बधाईसमेत दिएको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रममा १० लाख रुपैयाँको बम्पर पुरस्कार
काठमाडौं — नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको करदाता प्रोत्साहन उपहार कार्यक्रममा एक उपभोक्ताले १० लाख रुपैयाँको वार्षिक बम्पर पुरस्कार जितेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक ग…









० प्रतिक्रिया