मुख्य सामग्रीमा जानुहोस्
ताजा अपडेट
आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’ बनाउने अभियानमा कानुन तर्जुमा निर्देशिका सार्वजनिक प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ३% समता कर तत्काल लागू नगर्ने घोषणा कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’ बनाउने अभियानमा कानुन तर्जुमा निर्देशिका सार्वजनिक प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ३% समता कर तत्काल लागू नगर्ने घोषणा कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन
बुधबार, २२ जुलाई २०२६
व्यापार

नेपाल आयल निगमद्वारा १४.२ केजीको पूर्ण सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय

नेपाल आयल निगमद्वारा १४.२ केजीको पूर्ण सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय

नेपाल आयल निगमले आज बुधबारदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यास पूर्ण क्षमता (१४.२ केजी) मा बिक्री वितरण गर्ने निर्णय गरेको छ। यसअघि बजारमा देखिएको ग्यासको अभावलाई मध्यनजर गर्दै निगमले थोरै परिमाणमा ग्यास बिक्री गर्ने व्यवस्था गरेको थियो।
निगमका अनुसार, आपूर्ति व्यवस्थामा सुधार भएसँगै अब उपभोक्ताले १४.२ केजी तौल भएको पूर्ण सिलिन्डर नै खरिद गर्न पाउनेछन्। आयल निगमले आफ्ना मातहतका डिपो तथा बिक्रेताहरूलाई सोही बमोजिम ग्यास वितरण गर्न निर्देशन दिएको छ। यस निर्णयले ग्यासको सहज उपलब्धता सुनिश्चित हुनुका साथै उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ।