काठमाडौं, १० भदौ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार अपिल जारी गर्दै बाढीबाट प्रभावित परिवारको तत्काल उद्धार, सुरक्षित स्थानमा व्यवस्थापन, राहत वितरण र दीर्घकालीन पुनःस्थापनाका लागि ठूलो आर्थिक स्रोत आवश्यक रहेको जनाएको हो।
भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखाका नदी तटीय क्षेत्रमा जनधनको क्षति पुर्याएको सरकारी विवरणमा उल्लेख छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत सामग्री वितरणको काम भइरहेको जनाइएको छ।
सरकारले स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, विभिन्न संघसंस्था, निजी क्षेत्र र दातृ निकायलाई आफ्नो क्षमताअनुसार कोषमा आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सरकारले सार्वजनिक गरेका बैंक खाता यसप्रकार छन्:
हिमालयन बैंक लिमिटेडको अमेरिकी डलर खाता: 01905631210046
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल: 01013243801 / 02013243801
राष्ट्रिय वाणिज्य बैंक: 1130100003762001 / 113010000006006
एभरेस्ट बैंक लिमिटेड: 00100105200270 / 00101102200012
नेपाल बैंक लिमिटेड: 00211600510039000003 / 00200100510039000001
ग्लोबल आइएमई बैंक लिमिटेड: 00401010000057 / 00411010000005
नबिल बैंक लिमिटेड: 1710017505285
कृषि विकास बैंक लिमिटेड: 0100201002907014
त्यसैगरी प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकका 1430100000025006 र 1430100001164001 खाता नम्बर पनि सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड वा उल्लिखित बैंक खातामार्फत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ।









० प्रतिक्रिया