मुख्य सामग्रीमा जानुहोस्
ताजा अपडेट
आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’ बनाउने अभियानमा कानुन तर्जुमा निर्देशिका सार्वजनिक प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ३% समता कर तत्काल लागू नगर्ने घोषणा कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’ बनाउने अभियानमा कानुन तर्जुमा निर्देशिका सार्वजनिक प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ३% समता कर तत्काल लागू नगर्ने घोषणा कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन
बुधबार, २२ जुलाई २०२६
प्रविधि

खल्तीले डिजिटल कार्ड सेवा सार्वजनिक गर्‍यो, अब मोबाइलबाटै सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने

खल्तीले डिजिटल कार्ड सेवा सार्वजनिक गर्‍यो, अब मोबाइलबाटै सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने

काठमाडौं।

डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती ले प्रयोगकर्ताका लागि नयाँ डिजिटल कार्ड सेवा सार्वजनिक गरेको जनाएको छ। यस सेवामार्फत अब प्रयोगकर्ताले कुनै भौतिक कार्ड आवश्यक नपरी मोबाइलबाटै सुरक्षित रूपमा अनलाइन (ई–कमर्स) कारोबार गर्न सक्नेछन्।

खल्टीका अनुसार डिजिटल कार्ड प्रयोग गरी गरिने अनलाइन भुक्तानीका लागि छुट्टै डेबिट वा क्रेडिट कार्ड आवश्यक पर्दैन। प्रयोगकर्ताले मोबाइलमार्फत नै तत्काल डिजिटल कार्ड प्रयोग गरी विभिन्न अनलाइन सेवामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यस प्रणालीमा गरिने भुक्तानी खल्ती वालेटमा रहेको मौज्दात रकमबाट हुने बताइएको छ। यसले अनलाइन खरिद तथा डिजिटल भुक्तानीलाई थप सहज, छिटो र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

डिजिटल भुक्तानीको प्रयोग बढ्दै गइरहेको अवस्थामा यस्तो सेवाले नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ। साथै, भौतिक कार्ड बोक्नुपर्ने आवश्यकता कम हुनुका साथै मोबाइलबाटै सुरक्षित रूपमा कारोबार गर्न सकिने भएकाले प्रयोगकर्तालाई सुविधा थपिने अपेक्षा गरिएको छ।

खल्तीले आफ्ना सेवाहरूलाई समयानुकूल प्रविधिसँग जोड्दै डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यअनुसार यो सुविधा ल्याएको जनाएको छ। सेवाको प्रयोगसम्बन्धी थप जानकारी खल्तीको आधिकारिक माध्यमबाट प्राप्त गर्न सकिनेछ।