काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका छोराछोरीलाई नेपाल सरकारले उच्च शिक्षासम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको छ।
बाढीबाट प्रभावित परिवारका बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो। यस निर्णयले विपद्का कारण अभिभावक गुमाएका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्नुका साथै उनीहरूको शैक्षिक यात्रामा आर्थिक अभाव हुन नदिने अपेक्षा गरिएको छ।
सरकारको यस कदमलाई विपद् प्रभावित परिवारका बालबालिकाको भविष्यप्रति गरिएको महत्वपूर्ण सहयोगका रूपमा हेरिएको छ। 🙏