रुकुम पूर्व । रुकुम पूर्वकी १६ वर्षीया सादिक्षा ओलीले आफ्नो गाउँमा काठको पुल निर्माण गरेकी छन्।
चार महिनाअघि पुल भत्किएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। समस्या समाधानका लागि उनले पटक–पटक आफ्नो क्षेत्रका सांसद तथा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आफैँ अग्रसर भएर पुल निर्माण गरेकी हुन्।
सानै उमेरमा देखाएको उनको यो साहस, सक्रियता र सामाजिक उत्तरदायित्वले सबैको मन जितेको छ। सरकारी निकायको प्रतीक्षा मात्र नगरी गाउँको समस्या समाधानमा जुटेकी सादिक्षाको काम अहिले प्रशंसाको विषय बनेको छ।
सादिक्षाको यो उदाहरणले इच्छाशक्ति र दृढ संकल्प भए परिवर्तनको सुरुवात आफैँबाट गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। ❤️🙏