काठमाडौं । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले बन्द तथा रुग्ण सरकारी उद्योगलाई पुनः सञ्चालन गर्ने नीतिअनुसार गोरखकाली रबर उद्योगको सम्भाव्यता अध्ययन अघि बढाएको हो।
गोरखाको गोरखा नगरपालिका–१३ मा रहेको गोरखकाली रबर उद्योग करिब १२ वर्षदेखि बन्द अवस्थामा छ। उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न सांसद कबिन्द्र बुर्लाकोटीको नेतृत्वमा अर्थ, उद्योग तथा कानुन मन्त्रालयका प्रतिनिधिसहितको टोलीले उद्योग परिसरको स्थलगत निरीक्षण तथा अध्ययन गरेको छ।
यसअघि गठित सुझाव कार्यदलले पनि उद्योगलाई पुरानै प्रकृतिमा तर आधुनिक प्रविधिको प्रयोग गर्दै ‘गोरखकाली’ ब्रान्डमै पुनः सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएको थियो। उद्योगका भवन, जग्गा तथा अन्य स्थिर सम्पत्ति प्रयोग गर्दै आधुनिक प्रविधिमा आधारित उत्पादन सुरु गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।
सरकारले बन्द सरकारी उद्योगहरूलाई क्रमशः पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। गोरखकाली रबर उद्योगसँगै अन्य रुग्ण उद्योगको समेत अध्ययन तथा मूल्यांकन प्रक्रिया अघि बढेको बताइएको छ।
गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा आए नेपालमै टायर तथा रबरजन्य सामग्री उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न र आयातमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर उद्योग तत्कालै सञ्चालनमा आइसकेको भने होइन। हाल पुनः सञ्चालनका लागि अध्ययन, योजना र आवश्यक मोडालिटी तय गर्ने चरणमा रहेको छ। त्यसपछि लगानी, प्रविधि र व्यवस्थापनको टुंगो लगाएपछि उत्पादन सुरु गर्ने बाटो खुल्नेछ।
१२ वर्षदेखि बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने बालेन सरकारको तयारी
काठमाडौं । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले बन्द तथा रुग्ण सरका…








० प्रतिक्रिया