कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित महाकाली नदी किनारमा भिडियो बनाउने क्रममा एक किशोरी नदीमा खसेर बेपत्ता भएकी छन्।
सोमबार दिउँसो नदी किनारमा भिडियो खिच्ने क्रममा स्थानीय सृष्टि सुनार महाकाली नदीमा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार भिडियो बनाउने क्रममा उनको खुट्टा चिप्लिएपछि उनी नदीमा खसेकी थिइन्।
घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय युवाहरूको टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ। खोजीका लागि रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
तर, महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। पछिल्लो विवरणअनुसार सोमबार दिउँसो महाकालीमा पानीको बहाव १ लाख ३० हजार क्युसेक मापन गरिएको थियो। नदीको बहाव अझै बढ्न सक्ने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले नदी तथा खोलानालाको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बेपत्ता किशोरीको खोजी कार्य जारी रहेकाले उनको अवस्था र थप विवरणबारे आधिकारिक जानकारी आउन बाँकी छ।
महाकाली नदीमा भिडियो बनाउने क्रममा किशोरी बेपत्ता
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित महाकाली नदी किनारमा भिडियो बनाउने क्रममा एक किशोरी नदीमा खसेर बेपत्ता भएकी छन्। सोमबार दिउँसो नदी किनारमा भिडियो खिच्ने क्रममा स्थानीय…









० प्रतिक्रिया