काठमाडौं । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै नेपाल प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल प्रहरीका अनुसार अर्को सूचना नआएसम्म भोटेकोशी नदीको तटीय क्षेत्र तथा नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका स्थानमा उच्च सतर्कता अपनाउनुपर्नेछ। प्रहरीले स्थानीयवासीलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा बाढीका कारण नदी आसपासको क्षेत्रमा ठूलो मात्रामा पानी तथा माटो बगेको दृश्य देखिन्छ।
प्रहरीले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा जोखिमपूर्ण स्थानबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।