काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा गएको सुक्खा पहिरोले बुढीगण्डकी नदीको बहाव अवरुद्ध भएपछि नदीमा ठूलो बाढी आएको छ। बाढीका कारण केही घर, दुईवटा झोलुङ्गे पुल बगाएको तथा जलविद्युत् आयोजनामा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बाढीको जोखिम बढेपछि गोरखासहित तनहुँ, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। उद्धारका लागि नेपाली सेना तथा प्रहरी परिचालन गरिएको जनाइएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्या, आकस्मिक उपचार वा अन्य सहयोग आवश्यक परे निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ।
⚠️ सावधानी: नदी आसपासका बासिन्दालाई सतर्क रहन, प्रशासनको निर्देशन पालना गर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा जान अनुरोध गरिएको छ।
गोरखामा पहिरोले नदी थुनिएपछि बुढीगण्डकीमा भीषण बाढी, आसपासका बस्ती खाली गर्न आग्रह
काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा गएको सुक्खा पहिरोले बुढीगण्डकी नदीको बहाव अवरुद्ध भएपछि नदीमा ठूलो बाढी आएको छ। बाढीका कारण केही घर, दुईवटा झोलुङ्गे पुल बगाएको तथ…

० प्रतिक्रिया