ककपिटमै पाइलटबीच कुटाकुट, दुबई–तेल अभिभ उडान साउदीमा आपत्कालीन अवतरण
काठमाडौं, ३० सेप्टेम्बर २०२६। दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको FZ1073 उडानमा ककपिटभित्रै पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमानलाई साउदी अरेबियाको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ।
उडानका क्रममा विमानबाट पहिले सामान्य आपत्कालीन संकेत ‘7700’ र त्यसपछि सम्भावित गैरकानुनी हस्तक्षेप वा हाइज्याकको संकेत दिने ‘7500’ प्रसारण भएको थियो। त्यसपछि विमानको मार्ग परिवर्तन गरी साउदी अरेबियातर्फ मोडिएको थियो।
घटनाका क्रममा विमानको उचाइ पनि निकै तीव्र रूपमा घटेको फ्लाइट–ट्र्याकिङ तथ्यांकले देखाएको छ। विमान करिब ३३ हजार फिटबाट छोटो समयमै करिब १७ हजार फिटसम्म झरेको रिपोर्ट गरिएको छ।
विमान सुरक्षित रूपमा तबुकमा अवतरण गरेपछि दुवै पाइलट घाइते अवस्थामा अस्पताल लगिएको बताइएको छ। विमानमा रहेका यात्रुहरू भने सुरक्षित रहेको फ्लाईदुबईले जनाएको छ।
घटनापछि इजरायली अधिकारीहरूले सम्भावित हाइज्याकको आशंकामा सुरक्षा सतर्कता बढाएका थिए। तर पछिल्ला विवरणमा विमानभित्रै पाइलटहरूबीच भएको झडपका कारण आपत्कालीन अवस्था सिर्जना भएको हुनसक्ने बताइएको छ। घटनाको वास्तविक कारण र झडपको परिस्थितिबारे अनुसन्धान जारी छ।
यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन वैकल्पिक विमानको व्यवस्था गर्ने तयारी गरिएको रिपोर्टहरूमा उल्लेख छ।
ककपिटमै पाइलटबीच कुटाकुट, दुबई–तेल अभिभ उडान साउदीमा आपत्कालीन अवतरण
ककपिटमै पाइलटबीच कुटाकुट, दुबई–तेल अभिभ उडान साउदीमा आपत्कालीन अवतरण काठमाडौं, ३० सेप्टेम्बर २०२६। दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको FZ1073 उडानमा ककपिटभित्रै पाइलटह…









० प्रतिक्रिया