काठमाडौं । उद्योग तथा व्यवसाय क्षेत्रमा लगानीको वातावरण सुरक्षित बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह नेतृत्वको सरकारले औद्योगिक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ।
सरकारले उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा हुने तोडफोड, आगजनी तथा अन्य क्षतिप्रति शून्य सहनशीलताको नीति अपनाउने तयारी गरेको छ। जोखिमका आधारमा उद्योग तथा व्यवसायलाई वर्गीकरण गरी आवश्यक सुरक्षा उपलब्ध गराउने र क्षतिको सम्भावना भएका स्थानमा द्रुत प्रतिक्रिया टोली परिचालन गर्ने रणनीति पनि अघि सारिएको छ।
सरकारको यो कदमले निजी क्षेत्रको सम्पत्ति संरक्षणसँगै लगानीकर्तामा सुरक्षाको विश्वास बढाउने अपेक्षा गरिएको छ। नेपालमा निजी क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको अवस्थामा उद्योग–व्यवसाय सुरक्षित हुनु आर्थिक विकासका लागि महत्वपूर्ण मानिन्छ।
सरकारले आगामी वर्षहरूमा अर्थतन्त्रको आकार बढाउने र आर्थिक वृद्धिलाई तीव्र बनाउने लक्ष्यसमेत अघि सारेको छ। त्यसका लागि निजी क्षेत्रसँग सहकार्य र लगानीको वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ।
उद्योग सुरक्षित, लगानी सुरक्षित र रोजगारी सुरक्षित बनाउने सरकारको प्रयासलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।







० प्रतिक्रिया