काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्राबारे एउटा रोचक सुरक्षा विवरण सार्वजनिक भएको छ। इरानबाट सम्भावित सुरक्षा खतरा देखिएपछि ट्रम्पले ठूलो एयर फोर्स वन बाट अलगिएर सानो C-32A विमानमार्फत बेलायत यात्रा गरेको रिपोर्ट सार्वजनिक भएको हो।
रिपोर्टअनुसार जुलाई ८ मा ट्रम्प टर्कीको राजधानी अङ्काराबाट एयर फोर्स वनमा चढेका थिए। त्यसपछि उनलाई विमानस्थलमा खानपान सामग्री ओसार्ने कन्टेनरमार्फत अर्को सानो विमानसम्म पुर्याइएको बताइएको छ। सो विमानबाट उनलाई बेलायत लगिएको थियो।
यस क्रममा ठूलो विमानमा रहेका केही पत्रकार तथा अधिकारीलाई ट्रम्प अझै त्यही विमानमा रहेको विश्वास दिलाइएको बताइएको छ। सुरक्षाका कारण पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द गर्नसमेत भनिएको रिपोर्टमा उल्लेख छ।
ट्रम्पले टर्कीबाट बेलायत जाँदा कतारले अमेरिकालाई दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको विषयले पनि चर्चा पाएको छ। रिपोर्टहरूले सम्भावित सुरक्षा जोखिमका कारण विमान परिवर्तन गरिएको हुनसक्ने उल्लेख गरेका छन्।
घटनाले अमेरिकी राष्ट्रपतिको सुरक्षा व्यवस्था कति संवेदनशील हुन्छ भन्ने विषयलाई फेरि चर्चामा ल्याएको छ। यद्यपि ट्रम्पलाई सानो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने सबै विवरण सार्वजनिक रूपमा स्पष्ट भइसकेको छैन
इरानी धम्कीपछि ट्रम्पको गोप्य उडान, ठूलो विमान छाडेर सानो विमानमा बेलायत पुगे






० प्रतिक्रिया