मुख्य सामग्रीमा जानुहोस्
ताजा अपडेट
कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन चन्द्रमामा पहिलो पाइला: अपोलो–११ को ऐतिहासिक सफलतालाई सम्झँदै १६ वर्षको उमेरदेखि मोटाभ्लगिङ सुरु गरेकी सुरक्षा केसीको युट्युब च्यानलमा १० लाखभन्दा बढी सब्स्क्राइबर कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’ सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद मोरङको विद्यालयमा विद्यार्थीसँग अभद्र व्यवहार गरेको आरोपमा शिक्षक र कर्मचारी निलम्बित आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत मात्रै राजस्व संकलन चन्द्रमामा पहिलो पाइला: अपोलो–११ को ऐतिहासिक सफलतालाई सम्झँदै १६ वर्षको उमेरदेखि मोटाभ्लगिङ सुरु गरेकी सुरक्षा केसीको युट्युब च्यानलमा १० लाखभन्दा बढी सब्स्क्राइबर
मङ्गलबार, २१ जुलाई २०२६
राजनीति

सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद

सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद

काठमाडौँ । प्रदेश सरकारहरूमा कायम रहेको एमाले–कांग्रेस सत्ता सहकार्य अन्त्यतर्फ उन्मुख भएपछि सातै प्रदेशमा वाम गठबन्धनको सरकार गठन गर्ने विषयमा एमाले र नेकपाका नेताबीच प्रारम्भिक तहको संवाद सुरु भएको बताइएको छ।

स्रोतका अनुसार कांग्रेससँगको सत्ता सहकार्य टुट्ने क्रमसँगै प्रदेश सरकारहरूको समीकरण परिवर्तन गर्ने विषयमा छलफल अघि बढाइएको हो। यसक्रममा कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाइसकेका छन् भने सुदूरपश्चिममा एमालेतर्फका मन्त्रीहरूलाई पदमुक्त गरिएको छ। कोशी र बागमती प्रदेशमा पनि केन्द्रको निर्णयअनुसार सत्ता समीकरण परिवर्तन हुन सक्ने चर्चा छ।

यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेश सरकार गठन गर्नु उपयुक्त नहुने धारणा सार्वजनिक गरेका छन्। उनले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने किसिमको गठबन्धन कांग्रेसको उद्देश्य नभएको उल्लेख गर्दै सत्ताभन्दा लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उता एमाले र नेकपाका दोस्रो तहका नेताहरूबीच वाम सरकार गठनको सम्भावनाबारे प्रारम्भिक छलफल भइरहेको स्रोतले जनाएको छ। छलफलमा सहभागी एक नेताले प्रारम्भिक सहमतिको प्रयास भइरहेको र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि निर्णायक तहमा थप वार्ता अघि बढ्ने अपेक्षा गरिएको बताएका छन्।

स्रोतका अनुसार जहाँ एमाले र नेकपाको संयुक्त बहुमत पुग्ने अवस्था छ, त्यहाँ वाम गठबन्धनको सरकार गठन गर्ने र बहुमत नपुग्ने प्रदेशमा अन्य साना दलको समर्थन लिएर सरकार सञ्चालन गर्ने विकल्पबारे पनि छलफल भइरहेको बताइएको छ। यद्यपि यस सम्बन्धमा सम्बन्धित दलहरूले औपचारिक निर्णय भने सार्वजनिक गरिसकेका छैनन्।