गोरखा । उत्तरी गोरखास्थित बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ३५ भन्दा बढी घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने स्थानीयवासी घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।
आइतबार बिहान लेदोसहित आएको बाढीले उत्तरी गोरखाका विभिन्न बस्ती प्रभावित बनाएको छ। बाढीले घर, पुल तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको जनाइएको छ। स्थानीयवासी ज्यान जोगाउन घर छाडेर डाँडातर्फ उक्लिएका छन्।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रारम्भिक विवरणमा ३५ भन्दा बढी घर बगाएको जानकारी आएको छ। बाढीबाट भएको क्षतिको यकिन विवरण भने सङ्कलन भइरहेको छ।
बाढीले गाउँ जोड्ने विभिन्न पुलमा समेत क्षति पुर्याएको छ। माछाखोला पुल, न्याक्चेत र सिर्दिबास जोड्ने झोलुङ्गे पुल तथा माछाखोला र केरौँजा जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको विवरण प्राप्त भएको छ।
स्थानीयवासीका अनुसार बूढीगण्डकी नदीको पानीको बहाव केही समय रोकिने र फेरि एकाएक बढ्ने गरेको छ। आफूहरूले अहिलेसम्म यस्तो बाढी नदेखेको उनीहरू बताउँछन्।
स्थिर खोलामा गएको पहिरोका कारण पानी थुनिएर एकाएक खुलेपछि बूढीगण्डकीमा बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासनले जनाएको छ। हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।
बाढी प्रभावित तथा नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
बूढीगण्डकीमा भीषण बाढी : उत्तरी गोरखाका ३५ भन्दा बढी घर बगे, स्थानीय विस्थापित
गोरखा । उत्तरी गोरखास्थित बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ३५ भन्दा बढी घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने स्थानीयवासी घर छाडेर सु…









० प्रतिक्रिया