कच्चा तेलको मूल्य १०० डलर नाघ्यो, मध्यपूर्वको तनावले बजारमा दबाब
काठमाडौं, असोज २२ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः १०० अमेरिकी डलर प्रतिव्यारेलभन्दा माथि पुगेको छ। मध्यपूर्वमा बढ्दो तनाव तथा खाडी क्षेत्रमा तेल बोकेका पानीजहाजमाथि भएका आक्रमणका कारण विश्व बजारमा तेल आपूर्तिबारे चिन्ता बढेपछि मूल्यमा तीव्र वृद्धि भएको हो।
बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले बढेर प्रति ब्यारेल १०२ डलरभन्दा माथि पुगेको रोयटर्सले जनाएको छ। अमेरिकी WTI कच्चा तेल पनि बढेर करिब ९२ डलर प्रतिव्यारेल पुगेको छ।
विशेषगरी हर्मुज जलडमरूमध्य आसपास तेल तथा ग्यास बोकेका पानीजहाजको आवागमनमा जोखिम बढेपछि बजारमा आपूर्ति अवरुद्ध हुन सक्ने आशंका बढेको छ। विश्वको ठूलो हिस्सा तेल तथा इन्धन यही क्षेत्रबाट ओसारपसार हुने भएकाले यहाँको सुरक्षा अवस्थाले अन्तर्राष्ट्रिय तेल बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
यसैबीच, अमेरिकाको खाडी क्षेत्रमा आएको आँधीका कारण केही तेल उत्पादक कम्पनीले उत्पादन तथा सञ्चालन गतिविधि घटाएका छन्। मध्यपूर्वको तनाव र अमेरिकी उत्पादनमा आएको अवरोधले तेलको मूल्यमा थप दबाब परेको बताइएको छ।
तेलको मूल्य लगातार उच्च रहँदा पेट्रोल, डिजेल तथा ढुवानी लागत बढ्न सक्ने भएकाले यसको असर विश्वभरका उपभोक्ता र व्यवसायमा पर्न सक्ने अर्थविद्हरूले बताएका छन्।
कच्चा तेलको मूल्य १०० डलर नाघ्यो, मध्यपूर्वको तनावले बजारमा दबाब
कच्चा तेलको मूल्य १०० डलर नाघ्यो, मध्यपूर्वको तनावले बजारमा दबाब काठमाडौं, असोज २२ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः १०० अमेरिकी डलर प्रतिव्यारेलभन्दा माथि पुगेको छ।…









० प्रतिक्रिया