बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ।
निकुञ्जका अनुसार गेरुवागाउँपालिका–६ अन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वनको सेजनाघाट क्षेत्रमा शनिबार करिब २२ वर्ष उमेरको भाले गैँडा मृत अवस्थामा भेटिएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी महेश न्यौपानेका अनुसार प्रारम्भिक रूपमा अर्को भाले गैँडासँग आपसमा जुध्दा उक्त गैँडाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्राविधिक परीक्षणको प्रक्रिया अघि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ। अन्तिम परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण यकिन हुने अधिकारीहरूको भनाइ छ।
बर्दिया राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडाको महत्वपूर्ण बासस्थानमध्ये एक हो। निकुञ्ज प्रशासनले वन्यजन्तुको संरक्षण र नियमित अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।





0 प्रतिक्रिया