मुख्य सामग्रीमा जानुहोस्
ताजा अपडेट
दुवै हात नभए पनि हार मानेनन्: दाङका १८ वर्षीय देवबहादुर परियार सैलुन सञ्चालन गर्दै शिक्षक बन्ने लक्ष्यमा भारतमा जारी युवा आन्दोलन शान्त पार्न प्रधानमन्त्री मोदीको मध्यरातको भिडियो सन्देश सुनो एआईमा साइबर आक्रमण, साढे ५ करोड प्रयोगकर्ताको डेटा चुहिएको दाबी बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’ बनाउने अभियानमा कानुन तर्जुमा निर्देशिका सार्वजनिक प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ३% समता कर तत्काल लागू नगर्ने घोषणा दुवै हात नभए पनि हार मानेनन्: दाङका १८ वर्षीय देवबहादुर परियार सैलुन सञ्चालन गर्दै शिक्षक बन्ने लक्ष्यमा भारतमा जारी युवा आन्दोलन शान्त पार्न प्रधानमन्त्री मोदीको मध्यरातको भिडियो सन्देश सुनो एआईमा साइबर आक्रमण, साढे ५ करोड प्रयोगकर्ताको डेटा चुहिएको दाबी बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’ बनाउने अभियानमा कानुन तर्जुमा निर्देशिका सार्वजनिक प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ३% समता कर तत्काल लागू नगर्ने घोषणा
शुक्रबार, २४ जुलाई २०२६
प्रविधि

सुनो एआईमा साइबर आक्रमण, साढे ५ करोड प्रयोगकर्ताको डेटा चुहिएको दाबी

सुनो एआईमा साइबर आक्रमण, साढे ५ करोड प्रयोगकर्ताको डेटा चुहिएको दाबी

एआई संगीत निर्माण प्लेटफर्म सुनो (Suno AI) मा ठूलो साइबर आक्रमण भएको दाबी गरिएको छ। घटनामा करिब साढे ५ करोड प्रयोगकर्तासँग सम्बन्धित डेटा प्रभावित भएको बताइएको छ।

प्रकाशित विवरणअनुसार चुहिएको जानकारीमा प्रयोगकर्ताको ईमेल ठेगाना, फोन नम्बर तथा केही भुक्तानीसम्बन्धी विवरण समावेश छन्। पेमेन्ट पार्टनर Stripe सँग सम्बन्धित केही रेकर्डमा प्रयोग गरिएको क्रेडिट कार्डको प्रकार, कार्डको म्याद समाप्त हुने मिति तथा कार्डका अन्तिम चार अंक समेत समावेश रहेको उल्लेख गरिएको छ। पूर्ण कार्ड नम्बर वा CVV सार्वजनिक भएको पुष्टि भने गरिएको छैन।

समाचारअनुसार यो घटनाले विश्वभरका प्रयोगकर्तालाई असर पार्न सक्ने भएकाले नेपाली प्रयोगकर्ता पनि प्रभावित भएको हुनसक्ने सम्भावना औँल्याइएको छ। यद्यपि, कति नेपाली प्रयोगकर्ताको विवरण प्रभावित भयो भन्ने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

साइबर सुरक्षाविज्ञहरूले यस्ता घटनापछि प्रयोगकर्तालाई आफ्नो पासवर्ड परिवर्तन गर्न, दुई-तह प्रमाणीकरण (2FA) सक्रिय गर्न तथा बैंक तथा डिजिटल भुक्तानी खाताको गतिविधि नियमित रूपमा निगरानी गर्न सुझाव दिएका छन्। साथै, शंकास्पद इमेल वा लिंकमा क्लिक नगर्न पनि आग्रह गरिएको छ।