धादिङ, असोज ९ । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कृष्णभीरमा माथिबाट ढुङ्गासहितको लेदो पहिरो खस्ने क्रम जारी रहेकाले शुक्रबार बिहानैदेखि दुवैतर्फी सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
केही दिनअघि त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि पहाड काटेर नयाँ ट्रयाक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको थियो। तर, पछिल्लो २४ घण्टाको अविरल वर्षाका कारण नयाँ सडकलाई सुरक्षित राख्न उठाइएको ग्याबियन पर्खाल (Gabion Wall) समेत भत्किएपछि सडक पुनः जोखिमपूर्ण बनेको छ।
पहिरो पन्छाउन सडक विभाग र सुरक्षा निकाय तैनाथ भए पनि माथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले काम सुरु गर्न कठिनाइ भइरहेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आम सर्वसाधारणलाई अपिल गरेको छ।
भारी वर्षासँगै कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग दुवैतर्फी अवरुद्ध, यात्रा नगर्न प्रशासनको आग्रह
धादिङ, असोज ९ । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कृष्णभीरमा माथिबाट ढुङ्गासहितको लेदो पहिरो खस्ने क्रम जारी रह…
० प्रतिक्रिया