पोखरा, असोज २३। कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्ले क्षेत्रमा विद्यार्थी बोकेको विद्यालयको बस दुर्घटनामा परेको छ।
कालिका बोर्डिङ स्कुलको बस माझठानाबाट विद्यार्थी लिएर आउने क्रममा दुर्घटनामा परेको हो। प्रारम्भिक समाचारअनुसार बस सडकबाट तल खसेको थियो।
कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार दुर्घटनास्थलबाट हालसम्म १८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ भने दुई जनालाई अस्पताल लैजाने क्रम जारी रहेको छ।
पोखरामा विद्यालयको बस दुर्घटना, १८ जनाको उद्धार
पोखरा, असोज २३। कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्ले क्षेत्रमा विद्यार्थी बोकेको विद्यालयको बस दुर्घटनामा परेको छ। कालिका बोर्डिङ स्कुलको बस माझठानाबाट विद्यार्थी लिएर आउने…


० प्रतिक्रिया