काठमाडौं । सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा प्रारम्भिक भूगर्भीय अध्ययन गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिकालगायत पहिरो प्रभावित क्षेत्रमा भूगर्भीय अध्ययन गर्ने निर्णय गरेको हो।
पहिरोका कारण प्रभावित क्षेत्रमा जमिनको अवस्था, थप पहिरोको जोखिम तथा सम्भावित क्षतिको अध्ययन गरी आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय पहिचान गर्ने उद्देश्यले अध्ययन गर्न लागिएको जनाइएको छ।
मनसुनका कारण पश्चिम नेपालका विभिन्न पहाडी क्षेत्रमा पहिरोको जोखिम बढिरहेका बेला सरकारले जोखिमयुक्त क्षेत्रको अवस्थाबारे अध्ययन अघि बढाउन लागेको हो।
प्रकाशित मिति : १७ अगस्ट २०२६ (भदौ १, २०८३)





० प्रतिक्रिया