दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार क्षेत्रमा शुक्रबार ठूलो पहिरो खस्दा चमेलिया नदी आंशिक रूपमा थुनिएको छ। पहिरोका कारण नदीको बहाव प्रभावित भएपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको हो।
स्थानीय प्रशासनका अनुसार पहिरो निकै ठूलो भए पनि नदी पूर्ण रूपमा थुनिएको अवस्था भने होइन। पहिरोबाट नदीको केही भागमा अवरोध बनेपछि पानीले बिस्तारै पहिरोको माटो तथा ढुंगा कटान गर्दै निकास बनाउन थालेको बताइएको छ।
पहिरोका कारण भट्टार आसपासका स्थानीय सडक तथा पदमार्गमा समेत असर परेको छ। अपिहिमाल जाने बाटो र आसपासका क्षेत्रमा आवतजावत प्रभावित भएको स्थानीय स्रोतहरूले बताएका छन्।
नदीमा फेरि ठूलो पहिरो खसेर बहाव थप अवरुद्ध भएमा जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। पछिल्लो अवस्थाबारे स्थानीय प्रशासनले निगरानी गरिरहेको छ।
दार्चुलामा ठूलो पहिरो, चमेलिया नदी आंशिक थुनियो; तटीय क्षेत्रमा सतर्कता
दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार क्षेत्रमा शुक्रबार ठूलो पहिरो खस्दा चमेलिया नदी आंशिक रूपमा थुनिएको छ। पहिरोका कारण नदीको बहाव प्रभावित भएपछि नदी तटीय क्षेत्रम…









० प्रतिक्रिया