काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक गतिविधि विस्तार र आम्दानी बढाउन आवश्यकताअनुसार ऋण लिनुपर्ने बताएका छन्।

एक कार्यक्रममा बोल्दै पाण्डेले ‘जसले ऋण लिन चाहँदैन, त्यसले कमाउँदैन’ भन्ने धारणा व्यक्त गरेका हुन्। उनले ऋणलाई सही क्षेत्रमा लगानी गर्न सके त्यसले उत्पादन, व्यवसाय र आम्दानी बढाउन सहयोग पुग्ने बताए।

पाण्डेका अनुसार आर्थिक प्रगतिको लागि पूँजीको परिचालन महत्वपूर्ण हुन्छ। ऋण लिएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके त्यसबाट रोजगारी सिर्जना हुनुका साथै आयआर्जनका अवसरसमेत बढ्न सक्ने उनको भनाइ छ।

उनले ऋण लिनु आफैंमा नराम्रो नभएको भन्दै ऋणको सदुपयोग र त्यसबाट प्रतिफल प्राप्त गर्ने क्षमता महत्वपूर्ण हुने धारणा राखे।