काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका विभिन्न प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि आजको बैठकको पहिलो एक घण्टा छुट्याएका छन्। निर्धारित समयभित्र प्रधानमन्त्रीलाई प्रश्न गर्न ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।
सांसदहरूले प्रधानमन्त्रीसँग सरकारको कामकारबाही, राष्ट्रियता, नेपालका सीमा तथा समसामयिक राजनीतिक विषयमा प्रश्न गर्ने तयारी गरेका छन्। संसद् सचिवालयका अनुसार प्रश्नहरू बैठक सुरु हुनुअघि सार्वजनिक नगरिने र प्रश्नोत्तर सुरु भएपछि मात्रै विषयहरू खुल्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री शाहलाई प्रश्न गर्ने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू रहेका छन्।
यो प्रश्नोत्तर कार्यक्रम सरकारलाई संसद्प्रति जवाफदेही बनाउने महत्वपूर्ण संसदीय प्रक्रियाका रूपमा हेरिएको छ। प्रधानमन्त्रीले सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएकाले आजको प्रतिनिधिसभा बैठकलाई राजनीतिक रूपमा समेत महत्वपूर्ण मानिएको छ।
प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन सञ्चालन गर्न सकिने व्यवस्था छ। आजको कार्यक्रम पनि सोही प्रक्रियाअनुसार आयोजना गरिएको हो।
आज संसदमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदको सवाल–जवाफ, ११ सांसदले सोध्दैछन् प्रश्न
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका विभिन्न प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत…









० प्रतिक्रिया