आज देशभर घटस्थापना मनाइँदै, दसैँ पर्व सुरु
काठमाडौं, असोज २५। नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। बडादसैँको पहिलो दिन आज देशभरका घरघर तथा शक्तिपीठहरूमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदै छ।
घटस्थापनाको दिन वैदिक विधिअनुसार कलश स्थापना गरी माता दुर्गाको पूजा–आराधना गर्ने परम्परा रहेको छ। यस दिन पूजाकोठा वा उपयुक्त स्थानमा जौ छरेर जमरा राख्ने गरिन्छ। दसैँको टीकाका दिन जमरा प्रसादका रूपमा ग्रहण गर्ने धार्मिक मान्यता छ।
दसैँलाई नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा पारिवारिक एकताको प्रतीकका रूपमा लिने गरिन्छ। यस पर्वमा परिवारका सदस्य तथा आफन्तहरू एकै ठाउँमा भेला हुने, मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद लिने चलन छ।
दसैँ सुरु भएसँगै बजार क्षेत्रमा चहलपहल बढ्ने, किनमेल गर्ने तथा घर फर्किनेहरूको गतिविधि पनि बढ्ने गर्दछ। यस पर्वले आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिन्छ।
सम्पूर्ण नेपालीमा बडादसैँको हार्दिक मंगलमय शुभकामना!
आज देशभर घटस्थापना मनाइँदै, दसैँ पर्व सुरु
आज देशभर घटस्थापना मनाइँदै, दसैँ पर्व सुरु काठमाडौं, असोज २५। नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। बडादसैँको पहिलो दिन आज देशभरका घरघर तथा शक्तिपीठहरूमा विधिपूर्वक घ…




० प्रतिक्रिया