दानाबारीमा असोज १७ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता
इलाम, असोज १६ । माई नगरपालिकाको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता–२०८३ असोज १७ गतेदेखि सञ्चालन हुने भएको छ।
माई नगरपालिका–२ स्थित सितली खेलमैदानमा असोज १७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा असोज १६ गते पत्रकार सम्मेलन तथा ट्रफी अनावरण कार्यक्रमसमेत सम्पन्न गरिएको छ।
प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने र विभिन्न विधामा गरी ३१ खेल हुने जनाइएको छ। प्रतियोगिताअन्तर्गत माई नगरपालिका अन्तरवडा पुरुष फुटबल, महिला फुटबल, अन्डर–१५ तथा भेट्रान्स प्रतियोगिता सञ्चालन गरिनेछ।
प्रतियोगिताका माध्यमबाट स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै खेलकुदको विकास र युवालाई खेल क्षेत्रमा आकर्षित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब १६ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ।
दानाबारीमा असोज १७ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता
दानाबारीमा असोज १७ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता इलाम, असोज १६ । माई नगरपालिकाको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता–२०८३ असोज १७ गतेदेखि सञ्चालन हुने भएको छ। माई नगरपालिका–२ स…









० प्रतिक्रिया