काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालका सुरुवाती १०० दिनमा भएका काम तथा उपलब्धिहरू सार्वजनिक गर्ने तयारी गरेको छ।
सरकार गठनपछि अघि सारिएका योजना, सुधारका प्रयास र विभिन्न मन्त्रालयबाट भएका कामको प्रगति समेटेर जनतासामु विवरण प्रस्तुत गर्ने तयारी भइरहेको छ। सरकारको कार्यसम्पादनबारे जनतामा प्रत्यक्ष जानकारी पु¥याउने उद्देश्यले उपलब्धिहरू सार्वजनिक गर्न लागिएको बताइएको छ।
सरकारले रोजगारी सिर्जना, डिजिटल सेवा, आर्थिक सुधार तथा प्रशासनिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै काम अघि बढाएको जनाएको छ। आगामी दिनमा योजनालाई व्यवहारमा उतार्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा सुधार गर्ने चुनौती सरकारसामु रहेको छ।
१०० दिनको कामको विवरण सार्वजनिक भएपछि सरकारका योजना कति कार्यान्वयन भए र आगामी दिनमा कुन क्षेत्रमा प्राथमिकता दिइनेछ भन्ने विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
जनताले अब भाषणभन्दा कामको परिणाम हेर्न चाहेका छन्। १०० दिनको उपलब्धि सार्वजनिक गर्ने तयारीले सरकारको कामको मूल्यांकन गर्ने आधारसमेत तयार गर्नेछ।









० प्रतिक्रिया