मुख्य सामग्रीमा जानुहोस्
ताजा अपडेट
हिमालय टेलिभिजनले विश्वकप फाइनल निःशुल्क प्रसारण गर्ने जापानमा कुटपिट भएको हल्ला निराधार रहेको सांसद ज्ञानेन्द्र शाहीको स्पष्टीकरण अर्थमन्त्री परिवर्तनको तयारी भएको दाबी, स्वर्णिम वाग्लेको विकल्पमा विदुषी राणाको चर्चा स्थानीयदेखि संघीय चुनावसम्म उज्यालो नेपाल रोजिने कुलमान घिसिङको दाबी राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुरानो बैंक खाता ब्लक हुने दाबी भ्रामक विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेनको सम्मान गर्दै गुगलले फेर्‍यो लोगो हिमालय टेलिभिजनले विश्वकप फाइनल निःशुल्क प्रसारण गर्ने जापानमा कुटपिट भएको हल्ला निराधार रहेको सांसद ज्ञानेन्द्र शाहीको स्पष्टीकरण अर्थमन्त्री परिवर्तनको तयारी भएको दाबी, स्वर्णिम वाग्लेको विकल्पमा विदुषी राणाको चर्चा स्थानीयदेखि संघीय चुनावसम्म उज्यालो नेपाल रोजिने कुलमान घिसिङको दाबी राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुरानो बैंक खाता ब्लक हुने दाबी भ्रामक विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेनको सम्मान गर्दै गुगलले फेर्‍यो लोगो
सोमबार, २० जुलाई २०२६
मनोरञ्जन

भारतीय डान्सर शक्ति मोहनले दरबार स्क्वायरको सांस्कृतिक सुन्दरता प्रस्तुत गरिन्

भारतीय डान्सर शक्ति मोहनले दरबार स्क्वायरको सांस्कृतिक सुन्दरता प्रस्तुत गरिन्

भारतीय चर्चित डान्सर तथा कोरियोग्राफर शक्ति मोहनले नेपाल भ्रमणका क्रममा काठमाडौं दरबार स्क्वायरको सांस्कृतिक तथा ऐतिहासिक सौन्दर्य प्रस्तुत गरेकी छन्।

नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सामग्रीमा शक्ति मोहनले काठमाडौं दरबार स्क्वायरको परम्परागत कला, वास्तुकला र सांस्कृतिक सम्पदाको अवलोकन गरेको देखिन्छ। उनले नेपालको ऐतिहासिक सम्पदाप्रति आकर्षण व्यक्त गर्दै यहाँको अनुभवलाई विशेष रहेको सन्देश पनि साझा गरेकी छन्।

काठमाडौं दरबार स्क्वायर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको प्रमुख सांस्कृतिक गन्तव्य हो। यहाँ रहेका प्राचीन मन्दिर, दरबार, काष्ठकलाका नमुना र ऐतिहासिक संरचनाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन्।

नेपाल पर्यटन बोर्डले शक्ति मोहनको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरेको छ।